श्रीमानको ह’त्या गर्न श्रीमतीको सुपारी, सिन्धुपाल्चोकबाट सिक्लेस लगेर ह’त्या

पोखरा: कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर फकाए । सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङ खुसी हुँदै सिक्लेस आए । रामलालले डोजर, एक्स्काभेटर चलाउँथे । हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने उनलाई थाहा थियो । तर काम गर्न आएका उनी चैत ३ गते मृत भेटिए । 

अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको खुल्यो । उनको हत्या गरेर सँगै आएका ३ जना  फरार भए । उनको हत्या गर्न आफ्नै श्रीमतीले टोली खटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम आएका ३ जनालाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको कास्की प्रहरीले जनाएको छ । 

Dengue

पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ,  उनलाई ल्याउने धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ छन् । पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । रामलालको शव उनका बुबाले बुझेका छन् । उनको ज्याकेटको गोजीबाट स्काभेटरको चाबी भेटिएको छ । वडाध्यक्ष देवीजंग गुरुङको समन्वयमा उनको शवको पहिचान भएको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार