कैलाली : नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा बयान दिन आफैं नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) कार्यालयमा उपस्थित भएका छन् । बयान दिन बिहीबार बिहान चौधरी आफैं सीआईबी पुगेका हुन् ।
आफैं बयान दिन कार्यालयमा पुगेका चौधरीको अहिले सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो । उनको बयान जारी छ ।
सीआइबीले यसअघि बुधबार जग्गा प्रकरणमा छानबिन गरिरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो ।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा प्रकरणबारे सांसद चौधरीसँग पनि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराइएको हो ।
प्रतिक्रिया दिनुहोस्