बेलबारी घटना : आमा मारेर बुबाले आ,त्मह,त्या गरेपछि टुहुरो भए ८ वर्षीय बबिन

विराटनगर : बेलबारीका ८ वर्षीय बबिन लिम्बू ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन्। उनी जम्मा २ कक्षामा पढ्दै थिए। बमबहादुर र गीताको बिहे कहिले भएको थियो यकिन भइसकेको छैन।

प्रहरीका अनुसार अहिले यत्ति खुलेको छ, दुबैको दोस्रो बिहे थियो। बबिन उनीहरूका एक्ला छोरा हुन्।जानकारीमा आएसम्म गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी छन्। कति कहाँ छन् सबै खुलेको छैन।गीताको पहिलेको घर धनकुटा हो। बमबहादुरको तेह्रथुम हो भन्ने बुझिएको छ।

Dengue

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालका अनुसार गीतापट्टीकी पहिलेकी छोरी दमक रहेको पत्ता लागेपछि खबर गरियो। उनी प्रहरी कार्यालयमा आइसकेकी छिन्। बमबहादुरकी जेठीपट्टीका सन्तानको खोजी भइरहेको छ।

दाहालका अनुसार बमबहादुर र गीता चार-पाँच वर्षअघि बेलबारी आएका थिए। उनीहरू बेलबारी नगरपालिका-१ की निर्मला राईको घरमा भाडामा बस्थे।एक तले भुइँघरमा उनीहरूले दुई कोठा भाडामा लिएका थिए। घरबेटी निर्मला एउटा कोठामा बस्थिन्।बमबहादुर र गीता त्यहीँ एउटा घरमा चिया बनाउने तथा मर्चा (जाँड बनाउने कच्चापदार्थ) बेच्थे।

उनीहरूबीच बेला(बेलामा झगडा परिरहन्थ्यो। एक वर्षअघि गाउँ-समाज बसेर झगडा मिलाइदिएका थिए।‘श्रीमानले अलि बढी शंका गर्ने गर्दा रहेछन्, त्यसैमा उनीहरूको झगडा हुन्थ्यो भन्ने गाउँलेहरूबाट बुझिन्छ,’ दाहालले भने।

बुधबार बिहान राति १:५० तिर इलाका प्रहरी कार्यालय बेलबामा बमबहादुर र गीताका छिमेकी आइपुगे। आउने स्थानीयले सन्देश बोकेका थिए , गीता र बमबहादुर दुबै रक्ताम्य ढलेका छन्। यसपछि प्रहरी बमबहादुर र गीता बस्ने घर पुगेको थियो।

दाहालका अनुसार बमबहादुर र गीताको झगडा मध्यरातमा परेको हुनसक्छ। त्यो झगडा उत्कर्षमा पुग्दा बमबहादुरले गीतालाई दाउ प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ‘जब गड्याङगुडुङ गर्‍यो, बबिनले थाहा पाए, घरबेटी निर्मला घटनास्थलमा पुगेकी थिइन्। त्यतिबेला बबिन कोठाभित्रै थिए,’ दाहालले भने, ‘बमबहादुर गीतालाई प्रहार गरेको दाउले आफ्नो घाँटी रेटिरहेका थिए।’

घरबेटी निर्मला आत्तिइन्, हत्तपत्त ढोका खोलिन्। डरले लुगलुग काँपिरहेका बबिन् निर्मलासँगै बाहिर छिमेकीसँग हारगुहार गर्न पुगेका थिए।‘यो घटना साढे १ बजेतिरको हुनुपर्छ, १ः५० मा प्रहरीमा खबर पुगिसकेको थियो,’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले भने।

प्रहरी निरीक्षक दाहालका अनुसार घटनास्थल पुग्दा गीताको शरीरमा जीवित चाल थिएन। बमबहादुर जीवित थिए। उनलाई तत्काल नोबेल अस्पताल विराटनगर लगियो। तर, उपचार प्रारम्भमै उनको मृत्यु भयो।

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ। उनीहरूबीच मध्यरातमा के झगडा भयो खुलेको छैन। जीवनको उत्तरार्द्धमा बमबहादुरले श्रीमतीको हत्या गरेर बबिनको सहारा खोसे। न आफू रहे ! रहेका भए पनि उनी जेल पुग्थे।बबिन ‘टुहुरा’ हुन्थे।

बुवा-आमा दुबै नरहेपछि बबिनको कलिलो बाल्यकाल अनिश्चय बनेको छ। उनी अहिले जेठीआमाकी छोरीको काखमा पुगेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार