सबैभन्दा खराब हावाको गुणस्तर भएका देशहरूको सूचीमा नेपाल शीर्ष ८ स्थानमा

कैलाली : स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० स्थानभित्र नेपाल पनि परेको छ । नेपाल यो सूचीमा आठौँ स्थानमा रहेको छ ।

सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले बंगलादेशको हावा सबैभन्दा खराब छ। त्यसपछि क्रमशः छिमेकी मुलुक पाकिस्तान र भारत रहेका छन् । रिपोर्टका अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको छ ।

Dengue

चौथो स्थानमा तजिकस्तान, पाँचौँ स्थानमा बुर्किना फासो, छैटौँ स्थानमा इराक र सातौँ स्थानमा यूएई रहेका छन् । नवौँ स्थानमा इजिप्ट रहँदा दशौँ स्थानमा डेमोक्रिटक रिपब्लिक अफ कङ्गो रहेको छ । चीन १९ औँ स्थानमा रहँदा अमेरिका १ सय २ औँ स्थानमा छ ।

प्रतिवेदनका अनुसार विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको छ । यसमा अस्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्ड पर्छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार