एमालेसँगको पार्टी एकताबारे भ्रम नफैलाउन माधव नेपालको आग्रह 

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको पार्टी एकताबारे हल्ला नफैलाउन अनुरोध गरेका छन्। 

शनिबार पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले एमाले वा अन्य दलसँग पार्टी एकता हुने भ्रम नफैलाउन आग्रह गरेका हुन्। 

Dengue

उनले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन्। देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा बेथितिसँग मिलेर जान सबै राजनीतिक दललाई आग्रह समेत गरे। 

‘आज प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष  नेतासँगको छलफलमा हामीले भ्रष्टाचार नियन्त्रण गर्न र  बढ्दो बेथितिसँग जुध्न सामूहिक सङ्कल्प गरेका छौं’, उनले भने, ‘यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । यसका लागि सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक छ।’

अध्यक्ष नेपालले जनतामा नेता र दलप्रति नकारात्मक प्रभाव परिरहेकाले जनताका आधारभूत समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले भने, ‘जनतामा पछिल्लो समय बढेको निराशालाई घटाउने र घटेको भरोसालाई बढाउनुपर्ने दायित्व हाम्रै हो, हामीले भरोसालाई चिर्दै नागरिकमा भरोसा जगाउने सङ्कल्प लिएर अघि बढेका छौं।’ उहाँले मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेकाले यहीमार्फत देशलाई समृद्ध बनाउनुपर्ने तर्क गरे। 

‘देशलाई पश्चगामी दिशातर्फ लैजाने सोच कसैले बनाएको छ भने, त्यो दिवासपना मात्रै हो, अग्रगामीको एकताले मुलुकलाई अग्रदिशातर्फ लम्काइरहेको छ’, उनले भने। वामपन्थी विचारधारा मिलेकाले वर्तमान गठबन्धन सरकारमा सामेल भएकोसमेत उनले प्रष्ट्याए। 

कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव गङ्गालाल तुलाधार, केन्द्रीय सदस्यद्वय टोकबहादुर वाइबा र लक्ष्मण लम्साल तथा नेकपा (माओवादी)का जिल्ला संयोजक भोला अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लाध्यक्ष प्रविण धिताल, नेपाली कांग्रेसका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार