विराटनगर : मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ ।
आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार आगलागीको कारण र क्षतिको प्रारम्भिक विवरण उपलब्ध भएको छैन ।
प्रत्यक्षदर्शी रवीन्द्र ठकुरी (कान्छा) का अनुसार बस्ती माथि रहेको विजुलीको तार आपसमा ठोक्किएर स्थानीय जंगली सतारको फुसको छाना भएको घरमा झिल्काले झर्दा आगलागी सुरु भएको थियो ।
फुसको छानामा बिजुलीको तारबाट झिल्का झरेलगत्तै बस्तीमै आगो फैलिएर सबै घर जलेर नष्ट भएको ठकुरीको भनाइ छ ।
जलेर नष्ट भएका सबै घर बाँस र सन्ठीको टाटी तथा खरको छाना भएका थिए । यसअघि बिजुलीको तार सर्ट भएर बस्तीमा आगोको झिल्का झर्दा स्थानीयले नियन्त्रण गरेका थिए । आगो नियन्त्रणको काम राति अबेरसम्म पनि भइरहेको डीएसपी दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस्