नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी

काठमाडौँ : नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी गर्ने सप्तरीका टोकनाथ साह पक्राउ परेका छन्। 

नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार कर्जा लिइ भागेका कञ्चनरुप गाउँपालिका ८ का ४१ वर्षीय साहलाई उच्च अदालतले ३ वर्ष कैद र करिब १ करोड बिगो भराउने फैसला सुनाएको थियो। 

उनलाई काठमाडौँको हायात होटलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए। 

एसपी पोखरेलका अनुसार साहले विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भनेर १ करोड रुपैँया समेत ठगी गरेको पाइएको छ। असली नाम लुकाएर आर्थिक अपराधमा उनी संलग्न हुने गरेको पाइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार