झापा : बुद्धशान्ति १ स्थित भोटेटार देखि चल्ने दुर्गामाता यातायातका संचालक टेकेन्द राई विगत केही दिन देखि हैरानीमा छन् । उनी हैरान हुनुपर्ने कारण रातको समयमा उनको गाडीबाट प्राय जसो हुने डिजेल चोरी हो ।
चोर पत्ता लगाउन गए राती उनी गाडी देखि अलिक पर ढुकेरै बसे, चोर आयो पनि तर पक्रन भने सकिएन । चोरले डिजेल निकाल्न प्रयोग गर्ने सामग्री भने त्यहीँ छोडेर कुलेलाम ठोकेको छ । गाडी संचालकले चोरलाई फेरी डिजेल चोर्न आएको र मान्छे पत्ता लाग्यो भने बुधबारे बिचचोकमै बाँधेर दिनभरी राख्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्