जन्ती लिएर बेहुलीको घर पुग्दा ढोकामा ताला, बेहुलीसहित पूरै परिवार गायब !

भारत : बिहेको दिन बेहुला जन्ती लिएर बेहुलीको घर पुग्दा बेहुलीको घरमा ताला लागेको पाइएपछि बेहुला जिल्ल परे । घरको ढोकामा ताला लागेको थियो र बेहुलीसहित पूरै परिवार बेपत्ता थिए । एकछिन त बेहुला, उनको परिवार र जन्तीहरु अलमल्ल परे त्यसपछि बेहुलीका परिवारलाई फोन गरे । बेहुलीसहित परिवारका सदस्यको फोन स्विच अफ थियो । अन्ततः बेहुलाका परिवारले पुलिसमा आफूहरुलाई धोका दिइएको उजुरी गरेका छन् ।

घटना भारतको पंजाब राज्यको मोगा जिल्लाको हो । भारतीय संचारमाध्यमका अनुसार करिब १ महिना पहिले हरजिंदर सिंहको बिहे मोगा जिल्लाको रेडवा गाउँकी युवतीसँग तय भएको बेहुलाको परिवारले बताएका छन् । बिहेको १ दिन पहिले बेहुलीको परिवारको तर्फबाट सगुन पनि पठाइएको थियो । सोमबार बिहान जब हरजिंदरको जन्ती निस्किन लाग्दा केही व्यक्तिहरुले युवतीको पहिले नै कानुनी बिहे भइसकेको बताएका थिए ।

Dengue

ती व्यक्तिहरुले त्यतिबेला बेहुली नाबालिग भएका कारण उनका पतिलाई सजाय पनि भएको जानकारी दिएका थिए । त्यसपछि हरजिंदरको परिवार जन्ती लिएर बेहुलीको घरमा पुगे । बेहुलीका परिवारलाई फोन गर्दा उनीहरुको फोन पनि अफ पाइएपछि बेहुलाको परिवारले उजुरी गरेर बेहुलीको परिवारमाथि कारवाहीको माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार