जिबीराई पक्राउबारे हामीलाई कुनै जानकारी छैन: प्रहरी

काठमाडौँ  : फरार रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष गितेन्द्रबाबु (जिबी)राई पक्राउ परेका बारे कुनै सूचना नआएको प्रहरीको भनाई छ।

सहकारी ठगीका मुद्दामा फरार जीवी राई सिंगापुरमा प्रकाउ भन्दै केही सञ्चार माध्यममा समाचार प्रकाशन भएको भएपनी त्यस विषयमा प्रहरी स्रोतलाई कुनै जानकारी नभएको प्रहरी स्रोतको भनाई छ । राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

Dengue

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनको खोजी गरिरहेको छ । उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेकोसमेत आरोप छ। कास्कीमा मात्रै १९ हजार भन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको राई माथि आरोप लागेको छ । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार