अब बझाङमा पाउने छन् एकल पुरुषले भत्ता

बझाङ– बित्थडचिर गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाले ५० वर्ष उमेर पुरा भइ अन्य सामाजिक सुरक्षाको दायरामा नआएका एकल पुरुषलाई भत्ता वितरण गर्ने भएको हो ।

गाउँपालिकाको एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि, २०८० बमोजिम ५० वर्ष उमेर पुरा भएका एकल पुरुषलाई भत्ता वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रमेश बिष्टले जानकारी दिए । उनका अनुसार पालिकाभित्रका ५० वर्ष पुरा भएका तर अन्य सामाजिक सुरक्षाको दायरामा नआएका पुरुषलाई प्रति महिना ५०० रुपैयाँका दरले भत्ता वितरण गरिन लागिएको हो ।

Dengue

एकल पुरुषलाई सहज होस भनेर भत्ता वितरण गर्न सूचना जारी गरेको गाउँपालिकाले जनाएको छ । साथै, गाउँपालिकाले गत वर्ष पनि ६३ जना एकल पुरुषलाई भत्ता उपलब्ध गराएको उनले बताए । एकल पुरुष भत्ताका लागि चार लाख रुपैयाँ बजेट वितरण गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार