अब प्रधानमन्त्री प्रचण्डले एक्लै हाक्ने छन् २१ मन्त्रालय

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई पदमुक्त गरे संगै २१ मन्त्रालय आफै स्वंयम हाक्ने भएका छन् ।

कांग्रेस र एकीकृत समाजवादीसँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले यसअघिका बसै मन्त्रीलाई पदमुक्त गरेका हुन्।

Dengue

सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरुलाई कुनै जिम्मेवारी नतोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन्।

प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाइस कानून, न्याय तथा संसदीय मामिलास कृषि तथा पशुपन्छी विकासस खानेपानीस गृहस परराष्ट्रस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणस भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक युवा तथा खेलकुदस रक्षास वन तथा वातावरणस शिक्षा, विज्ञान तथा प्रविधिस श्रम, रोजगार तथा सामाजिक सुरक्षास संस्कृति, पर्यटन तथा नागरिक उड्डयनस सङ्घीय मामिला तथा सामान्य प्रशासनस सञ्चार तथा सूचना प्रविधिस सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार