कञ्चनपुरमा युवक मृत्यु प्रकरणः विष्टको मारेर फालेको आशंका

कञ्चनपुरः कञ्चनपुरमा युवक मृत्यु प्रकरणमा मारेर फालेको आशंका गरीएको छ ।

नहरमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्टको शव फेला परेको छ। बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा मंगलबार बिहान फेला परेको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट सम्पर्कविहिन भएका थिए। उनी फेला नपरेपछि परिवारले खोजीकार्यका लागि प्रहरीमा उजुरी दिएका थिए।

dashain shuvakamana
Discovery School

मंगलबार महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको प्रहरीले बताएको छ। पीडित परिवारका अनुसार चन्द्र एक साताअघि भारतबाट घर फर्किएका थिए। उनी आफन्तको बिहेका लागि घर आएका हुन्। त्यसअघि उनी मलेसियामा काम गर्थे। नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकि श्रीमती शान्ति सेनामा सुडानमा छिन्।

पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेका छन्। प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले विष्टको शवलाई महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार