कैलालीमा ७ वर्षीया बालिका पासो लागेको अवस्थामा मृत फेला

कैलाली : कैलालीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। हिजो(शुक्रबार) जिल्लाको गौरीगंगा नगरपालिका–४ सिपुरान बस्ने जोगा साउँदकी ७ वर्षीया छोरी सरिता साउँद घरमा कोही नभएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्।

आफ्नै घरभित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा उनी पासोमा परेको बताइएको छ। सोही झुलामा लट्पटिएर घाटीमा पासो लागि उनको मृत्यु भएको हुनसक्ने प्रहरीके बताएको छ।

Seti Hospital

यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार