काठमाडौं : काठमाडौंको थापाथलीबाट ‘बच्चा चोरी’ भएको सूचना पाएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । एकजना महिलाले बच्चा चोरेर लगेको सूचना प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
थापाथलीस्थित अस्थायी प्रहरी बिटमा गएर सुराकले प्रहरीलाई खबर गरेका हुन् । बच्चा कहाँबाट कसले लगेको भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । एसपी अधिकारी भन्छन्– ‘विस्तृत विवरण आउन बाँकी छ ।’
प्रतिक्रिया दिनुहोस्