एक लाख घुस लिने हवल्दार सिंह दोषी ठहर,पाँच महिनाको कैद सजाय

काठमाडाैं : सेवाग्राहीबाट एक लाख रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंह दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले पाँच महिनाको कैद सजाय सुनाएको हो ।

अदालतले प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार रहेका सिंहलाई दोषी ठहर गरी कैदसहित १ लाख जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।उनी गत साउनमा अख्तियारको फन्दामा परेका थिए । सिंहले कुखुरे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट घुस लिएको भेटिएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार