अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्डको शुभकामना

 कैलाली : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज फागुन ११ गते आफ्नो बर्थडे सेलिब्रेट गरिरहेका छन् ।

शुक्रवार बिहानैदेखि सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीलाई वधाइ तथा शुभकामनाको ओइरो लागेको छ । अधिकांशले उनलाई सु–स्वास्थ्य तथा दीर्घायूको कामना गरिरहेका छन् ।

Dengue

यसैबीच, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पनि एमाले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सचिवाललयले जनाए अनुसार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई फोन गरेर जन्मदिनको अवसरमा सु–स्वास्थ्य तथा दीर्घायूको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार