केपी ओली कप फुटबल आजदेखि, उदघाटन खेलमा आयोजक र चर्च ब्वाइज भिड्दै

काठमाडौं : केपी ओली कप फुटबल प्रतियोगितामा आजदेखि सुरू हुँदैछ ।

प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Dengue

खेल सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो तीन बजे सुरू हुने छ । आयोजक केपी ओली एफसीले राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु समेटेर टिम बनाएको छ । जसको कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङले गर्ने आयोजक युवा संघ नेपालको प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।

अनन्तले आफ्नै पूर्व टोलीविरुद्ध खेल्ने छन् । उनको कप्तानीमा चर्च ब्वाइजले गत सिजन डेब्युमै ए डिभिजन लिगको उपाधि जितेको थियो ।

टोलीमा अनन्तसँगै कमल श्रेष्ठ, जय गुरुङ, मिलन राई, चन्दन दास, सुमित श्रेष्ठ, रोहन कार्की, रोशन राना मगर, सुरज जिउ ठकुरी, सन्जीत राई, गौरव श्रेष्ठ, मणि लामा, पदम भट्टराई लुजा महर्जन छन् । रविन्द्र सिलाकार प्रशिक्षक छन् ।

टोलीमा विदेशी खेलाडीहरुमा गोलकिपर प्रिसोसहित फोडे फोफाना र एडामा डौम्बिया पेपे छन् ।

प्रतियोगिताको क्वार्टरफाइनलका खेल एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछ ।

यसपटक मनाङ मर्स्याङ्दी क्लबले अन्तिममा सहभागिता नजाउने जानकारी गराएपछि आयोजकले मनाङको स्थानमा न्युरोड टिम (एनआरटी) लाई सहभागी गराउने भएको छ ।

फागुन १९ सम्म हुने प्रतियोगितमा दुई विदेशीसहित १० टोली सहभागी छन् । दुई भारतीय क्लब दिल्ली एफसी र मानेभञ्ज्याङले पनि यस पटक केपी ओली कप खेल्दैछन् ।

चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार, जावलाखेल युथ क्लब, नेपाल पुलिस, साविक विजेता मछिन्द्र फुटबल क्लब, एनआरटी, भारतका दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी तथा आयोजकको केपी ओली एफसी छन् ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार