ललाई फकाई गरी आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी

गोरखा : नबालिका करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाको  गण्डकी गाउँपालिका – २ बस्ने वर्ष ३७ का आशिष् चेपाङ  र ईश्वर चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो । 

गत फागुन ८ गते नाम परिवर्तित घ कुमारीलाई बेलुका साँढे ८ बजेको समयमा नबालिकालाई ललाई फकाई गरी आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोपमा करणी गर्ने आशिष् चेपाङ र करणी गर्न सहयोग पुर्याउने ईश्वर चेपाङलाई पीडित नबालिका बाबुले जाहेरी दरस्खस्तको आधारमा पक्राउ गरिएको हो ।

Dengue

  पक्राउ परे लगत्तै बिहीबार दुवै जना विरुद्ध जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार