बैतडीमा मलामी बाेकेकाे जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु, ६ घाइते

बैतडी : बैतडीमा मलामी बाेकेकाे बाेलेराे जिप दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ काे घरटामा गन्नादेखि धाउलातर्फ गइरहेकाे जादै गरेकाे  सुपप्र  ०१००१ च ३१४६ नम्बरकाे जिप दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

Dengue

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ काे धाैला बस्ने ५० वर्षीय गाेपाल बहादुर बाेहरा रहेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बाेहराकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

दुर्घटनामा घाइते भएका ६ जनाकाे गाेकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।जिपमा चालकसहित १७ जना सवार थिए ।

जिप चालक डिलासैनी गाउँपालिका- ६ बस्ने  २२ वर्षीय  धनबहादुर कठायत फरार रहेका छन् ।उनकाे खाेजी भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार