सितापाइला हत्याकाण्डमा भोटियो सुसाइड नोट : सबै कुरा तँलाई थाहा रहेछ बुहारी जेनिशा,’तैँले सबै कुरा किन गुपचुपमा राखिस्’ ?

काठमाडौं : काठमाडौंको सितापाइलामा बुधवार भएको हत्याकाण्डपछि झुन्डिएको अवस्थामा फेला परेका राजु घिमिरे भन्ने काजी विश्वकर्माको मोबाइलबाट प्रहरीले सुसाइड नोट प्रकृतिको भिडियो फेला पारेको छ ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार काजीले घटनापछि उक्त भिडियो रेकर्ड गरेको देखिएको छ । भिडियोमा काजीले श्रीमती ईश्वरीमाथि अनेकन् लाञ्छना लगाएका छन् ।

Dengue

धेरै परपुरुष सम्बन्धमा रहेको र केही घटनाबारे आफूलाई अहिले आएर थाहा पाएको उनले भिडियोमा बोलेको अनुसन्धान अधिकारी बताउँछन् । ईश्वरीले एक व्यक्तिमाथि लगाएको बलात्कारको आरोपमा पक्राउ परेका एक व्यक्ती गत फागुन १ गते मात्र धरौटीमा छुटेका थिए ।

प्रहरीका अनुसार भिडिओमा उनले भनेका छन्–मैले हिजो बेलुका भनेको काम गरिसकेको छु। मैले भनेको सबै कुरा भइसक्यो। यो भिडिओ सुनेर रमेशलाई र चितवनको केटालाई छाड्ने होइन। रमेशबारे पनि सबै कुरा तँलाई थाहा रहेछ (बुहारी जेनिशा)। तैँले सबै कुरा किन गुपचुपमा राखिस् ? पहिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन। तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ । मैले बाँचेर गरी खाने ठाउँ भएन। त्यही भएर मैले यस्तो निर्णय गरेको छु। तिमीहरू मिलेर गरिखानू। ममीजस्तो भएर नहिँड्नु। त्या अनिशलाई चाबी र कागजपत्र जिम्मा दिएको छु। अनिशबाट तैँले लिनु, कसैलाई पनि नदिनु चाबी। सुन सबै दराजमै छ। अनिशलाई हेला नगर्नू,नत्र राम्रो हुँदैन ।

ईश्वरी र काजीका तर्फबाट एक छोरा र एक छोरी थिए। ईश्वरीको पहिलाको श्रीमानतर्फका एक छोरा र छोरीलाई काजीले स्विकारेर आफैसँग बसालेका थिए ।

ईश्वरीको पहिलाको श्रीमानतर्फको छोराकी छोरी र आफ्नी छोरीको हत्या गरेर काजीले बुधवार आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार