सुनको भाउ लगातार वृद्धि, आज कति पुग्यो?

धनगढी : सुनको भाउ आज पनि बढेको छ। हिजो (आइतबार) तोलाको पाँच सयले बढेको सुनको भाउ आज चार सय रुपैयाँले बढेको हो। 

आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Dengue

हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख १७ हजार १ सय, तेजाबी सुन १ लाख १६ हजार ५ सय ५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेको छ। आज चाँदीको भाउ तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार