नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व छ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको बताएका छन्। सोमबार प्रजातन्त्र दिवसको शुभकामना दिँदै उनले ७ सालपछि भएका जनक्रान्ति प्रजातन्त्रकै जगमा भएको दाबी गरेका हुन्।

मुलुकमा बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि प्रजातन्त्र दिवसको अस्तित्व कायम रहेको उनले बताए। ‘नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्वपूर्ण रहेको छ। २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।’ घिमिरेले दिएको शुभकामना सन्देशमा भनिएको छ,‘२००७ सालमा प्रजातन्त्र आएको मुलुकमा बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ। तर, प्रजातन्त्र दिवसको अस्तित्व भने कायम रहँदै आएको छ। ००७ सालपछि भएका जति पनि जनक्रान्ति छन्, ती सबै प्रजातन्त्रकै जगमा भएको हो भन्ने मेरो बुझाइ छ।’

Dengue

उनले ऐतिहासिक दिनमा मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उच्च सम्मान प्रकट गरेका छन्।

नेपालमा लोकतन्त्रको संस्थागत सुदृढिकरणको अभियानले सात दशक पार गरिसकेको उनको भनाई छ। अब लोकतन्त्रको संस्थागत र वास्तविक कार्यान्वयनका लागि न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नुपर्नेमा सभामुख घिमिरेले जोड दिए।‘पटक–पटक संविधान बदल्लै अन्ततः सार्वभौम जनताबाट निर्वाचित संविधान सभाले संविधान निर्माण गरेको पनि झण्डै एक दशक पुग्न लागेको छ। सन्देशमा भनिएको छ,‘अब लोकतन्त्रको संस्थागत र वास्तविक कार्यान्वयनका लागि न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्दछ। लोकतन्त्रले सबै प्रकारका समस्या समाधान गर्न मार्गप्रशस्त गर्दछ भन्ने आम विश्वास रहेको छ। ’

उनले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार