पाँच वटा जहाज बेच्ने निगमको दोस्रो प्रयास, चिनियाँ विमान सञ्चालनमा किन भएको थियो असफल?

धनगढी : नेपाल वायु सेवा निगमले उडान बन्द गरेर राखिएका चीनबाट ल्याइएका पाँच वटा जहाजहरू बिक्रीका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको छ।

तर दोस्रो पटक गरिएको बोलपत्र आह्वानमा पनि ती जहाजहरू बिक्री हुने निश्चित नभएको कतिपयको भनाइ छ।निगमका अधिकारीहरू चाहिँ यसपालि जहाज बिक्री हुने आशामा छन्।नेपाल सरकारले २०७१ सालमा अनुदान र ऋण सहयोगमा चीनमा निर्मित ६ वटा जहाजहरू ल्याएको थियो।

Seti Hospital

अहिले ती विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएको छ।

प्रस्ताव नपरेपछि दोस्रो सूचना

निगमले गत पुस ५ गते चीनबाट ल्याइएका जहाजहरू बिक्रीका लागि पहिलो पटक सूचना निकालेको थियो।

उसले ती जहाजहरू खरिद गर्न चाहनेहरूलाई १५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको थियो।“त्यस बेला प्रस्ताव नपरेकाले हामीले पुन: बोलपत्र आह्वान गरेका हौँ,” निगमका प्रवक्ता रमेश पौडेलले भने।

निगमले गत माघ २३ गते निकालेको दोस्रो सूचनाको म्याद आगामी बुधवार सकिँदैछ।यस पटक पनि कसैले प्रस्ताव पेस गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट नभएको बुझिएको छ।

निगमका प्रवक्ता पौडेल भन्छन्, “कति प्रस्ताव पर्छन् भन्ने अन्तिम दिनसम्ममा थाहा हुनेछ।”उनले यसपालि प्रस्ताव पेस हुने र निगमका जहाज बिक्री हुने आशा गरिएको बताए।(बिबिसी)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार