सरकारी छाप दुरुपयोग गरेको अभियोगमा नेविसंघका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

धनगढी : सरकारी छाप दुरुपयोग गरेको अभियोगमा नेविसंघका केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा १९ पुरुन्चौर घर भई हाल नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोलासहित पोखरा चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठलाई पक्राउ गरेको हो ।

Galaxy

तीमध्ये बास्तोला हाल नेविसंघका केन्द्रीय सदस्य एवं पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्व सभापतिसमेत हुन् ।

वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले उनीहरूले पोखरा नयाँबजारस्थित ब्लुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार