ठुला बीमा कम्पनीको व्यापार ८० अर्ब पुग्यो, दोस्रो त्रैमाससम्म कमाए ६ अर्ब नाफा

धनगढी : जीवन बीमा कम्पनीहरूले अर्बाैं रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गर्छन्। नेपाल बीमा प्राधिकरणका बीमा कम्पनीहरूले बैंकको मुद्दति निक्षेप, ऋणपत्र, घरजग्गा, सूचीकृत कम्पनीको सेयर लगायत कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरेका छन्। जीवन बीमा कम्पनीहरूको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मकाे ६ महिनामा करिब ६ अर्ब रुपैयाँ नाफा कमाएका छन्।

हाल सञ्चालनमा रहेका १४/१४ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

Dengue

कम्पनीहरूको आर्थिक शिथिलताले व्यवसाय प्रभावित भइरहेको थियो। आर्थिक सङ्कटका कारण व्यवसाय उत्साहजनक रूपमा वृद्धि हुन नसक्दा कम्पनीहरूको नाफा पनि प्रभावित बनेको थियो। तर, हाल अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएपछि आर्थिक गतिविधि पनि बढेका छन्। यसले बीमा व्यवसायमा पनि सकारात्मक सुधारको सङ्केत देखिएको छ।

समीक्षा अवधिमा कम्पनीहरूले ५ अर्ब ८७ करोड १४ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीहरूको यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ३१.१७ प्रतिशत अर्थात् १ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बढी हो । वर्षको सोही अवधिमा कम्पनीहरूको नाफा ४ अर्ब ४७ करोड ६० लाख रुपैयाँ रहेको थियो।

आन्तरिक अर्थतन्त्र शिथिल बन्दा नै बैङ्क तथा वित्तीय कम्पनीको वित्तीय अवस्था अझै पनि कमजोर छन्। व्यवसायमा आएको गिरावटले उनीहरूको नाफा पनि प्रभावित बनेको छ । तर, यस्तो अवस्थामा पनि बीमा कम्पनीहरूको नाफामा उच्च दरमा बढेको देखिन्छ।

६ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको व्यापार अर्थात् खुद बीमा शुल्क आर्जन पनि १३.३३ प्रतिशत वृद्धि भई ७९ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीहरूको व्यापार ९ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बढेको छ। गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीहरूले ७० अर्ब ५७ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए ।

समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ६ अर्ब बढीको व्यापार गरेका छन्। हाल सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीहरूले ६ अर्ब १० करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। यो गत वर्षको तुलनामा भने ३१.५७ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीहरूले ४ अर्ब ६४ करोड ९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

व्यापारसँगै कम्पनीहरूको खुद नाफा पनि वृद्धि भएको छ । दोस्रो त्रैमासमा कम्पनीहरूले २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका छन् । कम्पनीहरूको नाफा गत वर्षको तुलनामा भने ४५.३९ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरूले १ अर्ब ९१ करोड ७० लाख रुपैयाँ नाफा कमाएका थिए । निर्जीवन बीमा तर्फ नाफामा नेपाल इन्स्योरेन्स र व्यापारमा भने सिद्धार्थ प्रिमियर पहिलो सूचीमा छन् ।

यता कम्पनीहरूको व्यापारसँगै खुद नाफा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीहरूको खुद नाफा २०.५१ प्रतिशत बढेर ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनी तर्फ नाफामा आइएमई लाइफ र सानिमा रिलायन्स लाइफ तगडा देखिएका छन् । यी दुवै कम्पनीको नाफा ९६ प्रतिशत वृद्धि भएको छ । तर, धेरै नाफा कमाउनेको पहिलो सूचीमा भने नेपाल लाइफ रहेको छ ।

जीवन बीमा व्यापार भने १२.०५ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीहरूले ७३ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको दोस्रो त्रैमास कम्पनीहरूको यस्तो बीमा शुल्क ६५ अर्ब ९३ करोड १० लाख रुपैयाँ रहेको थियो । व्यापार नेपाल लाइफ अगाडी देखिएको छ । कम्पनीले १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । व्यापार वृद्धिदरमा भने सानिमा रिलायन्स (१३७.०५ प्रतिशत) र प्रभु महालक्ष्मी (१०२.३७ प्रतिशत) शीर्ष सूचीमा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार