त्रिवि उपकुलपति नियुक्ति: प्रतिस्पर्धीको अन्तर्वार्ता आइतबार

सुरज चन्द

धनगढी : त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागी प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आइतबार लिइने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते (आइतबार) लिन लागेको हो ।

सिफारिस समितिका अनुसार अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरू हुनेछ । विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिइने बताइएको छ । उम्मेदवारहलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।

Dengue

अन्तर्वार्तापछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार