चितुवाको आक्रमणबाट ढकाल दम्पत्ति घाइते,ग्याविन वालमा ठोकिदाँ चितुवा ढलेपछी….

धनगढी : मकवानपुरको थाहा नगरपालिका वडा नं.२ अँगारेटोलमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट गएराति स्थानीय ६६ का हेमन्तप्रसाद ढकाल र उहाँकी श्रीमती ६० वर्षीया साबित्री ढकाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ढकाल दम्पत्ति चितुवाको आक्रमणबाट घाइते भएपछि स्थानीयले चितुवा उपर प्रतिकार गर्ने क्रममा चितुवा भाग्दै जाँदा नजिक रहेको पुड्खेल खोलाको ग्याविन वालमा ठोक्किन गई उक्त चितुवाको मरेको थियो ।

Dengue

घाइते दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भएको छ । हेमन्तप्रसादको शरीरको विभिन्न भागमा चोट लागेको र साबित्रीको दाहिने हातको कुहिनामा चोट लागेको छ ।

मरेको चितुवाको व्यवस्थापनका लागि सव डिभिजन वन कार्यालय पालुङ मकवानपुरका वन कर्मचारीहरुले आवश्यक कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार