कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनामध्ये एक जनाको सनाखत, यस्तो छ घाइतेहरूको विवरण

कञ्चनपुर : कपिलवस्तुमा यात्रु बस दुर्घटना मध्ये मृतक एक जनाको मात्र पहिचान खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । बसमा ३७ जना सवार रहेका थिए ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको यात्रु बस शिवराज नगरपालिका–१ स्थित सुरइ खोला दोबाटोमा दुर्घटना भएको हो ।

Dengue

मृतक १० जना मध्ये रौतहट पहुराही नगरपालिका ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारीको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । बाँकी ९ जना मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेमध्ये ९ जनाको उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरीका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।बस सडकबाट एक सय मिटर तल खोलामा खसेको छ ।

घाइते हुनेमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोक बहादुर कार्की, बस चालक कञ्चनपुर भीमदत्त नगरपालिका ४ बस्ने वर्ष ४० का पूर्ण बहादुर चन्द, कैलाली वेलडाडी नगरपालिका- १ बस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गाउँपालिका–२ का वर्ष २३ का शुशिल कुँवर, गुल्मी मालिका गाउँपालिका– ७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ बस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ बस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौली नगरपालिका–१ बस्ने वर्ष २२ को राजेश दयाल, कञ्चनपुर भीमदत्त नगरपालिका– १ बस्ने वर्ष १८ को नितेश सुनार रहेका छन् ।

त्यस्तै गोरखा शहिद लखन गाउँपालिका–७ बस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर नगरपालिका–३ दार्चुला बस्ने वर्ष २४ को नपीन भट्ट, कञ्चनपुर भीमदत्त नगरपालिका–१४ बस्ने वर्ष ३३ की गीता कुँवर निजको छोरा वर्ष १२ को नवीन कुँवर, ओखलढुङ्गा झारपुर गाउँपालिका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा नगरपालिका ११ बस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठमाडौँ महानगरपालिका– ३ बस्ने वर्ष ४१ को अनिल तन्डुकारको अहिले आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कञ्चनपुर भीमदत्त नगरपालिका १६ बस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ बस्ने वर्ष २८ को दीपेन्द्र बोहरा, कैलाली लम्किचुहा नगरपालिका–१ बस्ने वर्ष २७ की रेखा आचार्य, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ बस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गापा ४ बस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि सृष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास बस्ने वर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गापा–२ बस्ने वर्ष २५ को कृष्ण नेपाली, कञ्चनपुर भीमदत्त नगरपालिका १९ बस्ने वर्ष २० को सुमन विष्ट, कञ्चनपुर भीमदत्त नगरपालिका –१ बस्ने वर्ष २० को मनोज सिह धामि सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कञ्चनपुर भीमदत्त नगरपालिका-४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटना भएको बस सुनौलो यातायात प्रा.लिको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार