जीवित पतिलाई मरेको भनी भत्ता,विशेष अदालतले तोक्यो तीन महिना कैद

धनगढी : जीवित पतिलाई मरेको भनी मृत्युदर्ता प्रमाणपत्रका आधारमा सामाजिक सुरक्षा (एकल महिला) भत्ता लिएको आरोपमा विशेष अदालतले मंगलबार रामेछापकी एक महिला र वडा सचिवलाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले रामेछापकी निर्मला खत्रीलाई ३ महिना कैद र १० हजार रुपियाँ जरिवाना गरेको हो।

Seti Hospital

आवश्यक प्रमाण नै नबुझी मृत्युदर्ता प्रमाणपत्र बनाई भत्ता दिएको आरोपमा रामेछापको मन्थली नगरपालिका–३ का वडा सचिव शिवकुमार महतो पनि दोषी ठहर गरिएको छ । महतोलाई पनि ३ महिना कैद र १० हजार रुपियाँ जरिवाना गराइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्दा आफू जीवितै छँदा श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भनी उजुरी परेको थियो। पछि छानबिन हुँदा निर्मला खत्रीले जीवित श्रीमान्को मृत्यु भएको भनी मृत्युदर्ताको निवेदन दिएको खुल्यो।

त्यसक्रममा वडा सचिव महतोले मिलेमतो गरी मृत्युदर्ता प्रमाणपत्र दिएको खुलेको थियो । आयोगले मृतक भनिएका व्यक्तिका बारेमा भने केही उल्लेख गरेन । तर, अरू दुई जनालाई मुद्दा चलायो।

मृत्युदर्ता प्रमाणपत्रका आधारमा श्रीमती खत्रीले ४५ हजार २ सय २० रुपियाँ रकम भुक्तानी लिइसक्नुभएको छ। आयोगले वडा सचिवलाई योजनाकार र भत्ता लिने महिलालाई मतियारको रूपमा अदालतमा पेस गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार