सुदूरपश्चिमका मुख्यमन्त्री कार्यालयको रजाई : सचिवालयका कर्मचारीको प्लेन टिकट मात्रै लाखौं

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सचिवालयका कर्मचारीहरूले समेत सरकारी रकममा विमान चड्दै आएको पाइएको छ।

मुख्यमन्त्री शाहसँग र अन्य समयमा समेत ती कर्मचारीहरुले सरकारी बजेटमा विमानको टिकट तथा दैनिक भत्ता लिने गरेको पाइएको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको तथ्याङ्क अनुसार धनबहादुर शाही, टेकराज कठायत, जयराम चौधरी, रामबहादुर विष्ट, पुरन साउँद, उत्तमकुमार शाह, चन्द्रबहादुर विक, धर्मबहादुर बुढा र पुरनबहादुर बोहराले टिकट र भत्ता बाफतको रकम बुझ्दै आएका छन्।

Dengue

उनीहरूले धनगढीदेखि काठमाडौँ र काठमाडौँदेखि धनगढी उड्न सरकारी रकम खर्च गर्दै आएका हुन्। गत वर्षको फागुनयता २ लाख ८९ हजार पाँच सय ६४ रुपैयाँको हवाई टिकट र भत्तामा मात्र खर्च गरेका छन्। सचिवालयका कर्मचारी काठमाडौँ पठाउदाँ दैनिक भत्तामा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको ८६ हजार पाँच सय ५० रुपैयाँ खर्च भएको छ।

मुख्यमन्त्री शाहको सचिवालयका कर्मचारी गाडी मर्मतका लागि समेत विमान चडेर काठमाडौँ गएका छन्। उनीहरू मुख्यमन्त्रीको निवास व्यवस्थापन, मुख्यमन्त्रीको विशेष काम, सरकारी काम र मुख्यमन्त्रीको टोलीसँग काठमाडौँ जाने गरेका छन्। मुख्यमन्त्री शाह मात्र एक वर्षमा २२ पटक सङ्घीय राजधानी गएका छन्। उनले हवाई टिकट तथा दैनिक भत्तामा पाँच लाख ५६ हजार आठ सय २६ रुपैयाँ खर्च गरेका छन्। एक लाख ८१ हजार २ सय ५० रुपैयाँ उनको दैनिक भत्तामा खर्च भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार