दुर्गा प्रसाईंको घट्दो शक्ति : बल्खुमा ७, भृकुटीमण्डपमा ३ हजार

 काठमाडौं : बैंक, सहकारी र लघुवित्त पीडितका नाममा राजतन्त्र पुन:स्थापनाको एजेन्डा बोकेर विभिन्न विरोधका कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका छन् । तर, उनको शक्ति गत मंसिरमा बल्खुमा गरेको प्रदर्शनमा भन्दा आधा घटेको पाइएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउन महाअभियान’को वार्षिक उत्सवका अवसरमा उनले मंगलबार भृकुटीमण्डपमा सभाको आयोजना गरेका हुन् ।

Dengue

जनयुद्ध दिवसलाई चुनौती दिँदै उनले विरोध गरेको विरोध प्रदर्शनमा ‘गणतन्त्र खारेज गर्’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘दुर्गा दाइ हाइ हाइ’, ‘हिन्दू राष्ट्र कायम गर्’ जस्ता नाराहरु लगाइएको थियो ।

प्रशासनसँगको कमजोर समन्वय र विभिन्न पर्वका कारण प्रसाईंको समूहले चाहेको स्थान टुँडिखेल र खुलामञ्चमा विरोधसभा गर्न पाएन । प्रसाईंले लाखौंको संख्यामा जनसागर उर्लने दाबी गर्दै ठूलो ठाउँमा मागेका थिए । यद्यपि प्रसाईंका समर्थकहरुले नै बढीमा ८ आठ हजार मानिस सहभागी हुने आकलन गरेका थिए ।

कार्यक्रममा उच्च सुरक्षाबीच प्रसाईं मञ्चमा पुगेका थिए । तोकिए समयभन्दा एक–डेढ घण्टा ढिलो गरेर उच्च सुरक्षामा कार्यक्रमस्थल पुगे । कार्यक्रम सहजकर्ताले मञ्चबाटै भन्दै थिए, ‘सुरक्षा चुनौतीले उहाँ आउन ढिलो भयो ।’

पुष्पवर्षाका बीच मञ्चमा पुगेका प्रसाईंले झापाबाटै निजी सुरक्षाको जत्था लिएर आएको उनी निकट स्रोतले बतायो । उनको प्रवेशपछि मञ्चमा बडिबिल्डर घेरामा थियो ।  प्रसाईं मञ्चमा पुगेर गम्भीर मुद्रामा बसे । सायद, उनले जनसहभागिता थोरै देखे । लाखको धाकको यथार्थ हजारमा सीमित भयो ।

मंसिरमा ७ मा यही एजेण्डामा आधारित भएर प्रसाईंले गरेको शक्ति प्रदर्शनमा करिब ६/७ हजार मानिस सहभागी भएको प्रशासनले अनुमान गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार