साधना लघुवित्तले आह्वान गर्‍यो साधरणसभा , यस्ता छन् प्रस्तावित एजेन्डा

धनगढी- साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन १९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। 

सभामा साधना र सबैको लघुवित्त संस्थाबीच गाभ्ने–गाभिने प्रयोजनका लागि दुवै कम्पनीको चल अचल सम्पति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेनदको आधारमा र सयुक्त मर्जर समितिको सिफारिसको आधारमा साधना लघुवित्तले १: १ को अनुपातको स्वाप रेसियोमा मर्जर गर्नका लागि स्वीकृति दिने सम्बन्धमा छलफल हुने कम्पनीले जनाएको छ ।

Dengue

सभा त्रिशुली बिच रिसोर्ट, गल्छी गा.पा-६ बैरेनी, धादिङ्गमा बिहान ११ बजेदेखि सुरु हुनेछ । मर्जरपछि बन्ने संस्थाको नाम सबैको साधना लघुवित्त रहने सम्बन्धमा प्रस्ताव पेश हुनेछ। साथै, मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन ४ गते बुक क्लोज गर्दैछ । तसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार