साताको समीक्षा : सातामा करिब साढे १ प्रतिशत बढ्यो नेप्से

कैलाली- यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २०६७.०१ विन्दुमा बन्द भएको नेप्से, यस साता २९.३१ अङ्कले बढेर २०९६.३२ विन्दुमा पुगेको छ। १.४२ प्रतिशत अर्थात् वृद्धि भएको ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन बजार घटेको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। नेप्से बढे पनि यस साता दैनिक औषत कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ८६ करोडको शेयर कारोबार भएको छ।

Seti Hospital

त्यसै गरी, यस साता सेन्सेटिभ इण्डेक्स ४.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३८.९४ प्रतिशत घटेको हो।

त्यसै गरी, यस साता दैनिक औषत शेयर सङ्ख्या ३६.०२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार सङ्ख्या ३४.१९ प्रतिशत घटेको छ। यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ४६ अर्ब बढेर ३२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.२९ प्रतिशत बढेको छ। त्यसै गरी, यस साता विकास बैंक उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७१ अंक बढेको छ। 

कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस साता ०.८७ प्रतिशत अर्थात ०.१६ प्रतिशत घटेको छ। यस साता ४ कम्पनीको ९ करोड ६१ लाख ५८ हजार ४०७.५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई नेप्सेमा सूचीकृत भएको हो भने साङ्ग्रिला डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी र स्वावलम्बन लघुवित्त वित्तीय संस्था बोनस शेयर सूचीकृत भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार