घरमा आई सम्पत्ति लुटपाट, छोरीलाई जंगल लगेर पालैपालो बलत्कार

 कैलाली – महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मङ्गलबार राति सम्सी गाउँपालिका–१ स्थित एक घरमा लुटपाट गरी  बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका वडा नं. २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहार सितामढी रतनपुर १५ का २१ वर्षीय जियाउल अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले मङ्गलबार राति १ः३० बजे चारजनाको समूहमा आएकाले घरमा लुटपाट गर्नुका साथै बालिकालाई अपहरण गरी डेढ किलोमिटर टाढा बाँस धारीमा लगी पालैपालो जबरजस्तीकरणी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो ।

बालिका मामाघर बस्दै आएकी थिइन । लुटपाट र सामूहिक बलात्कारमा संलग्न रहेका तीनै जनालाई महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

पक्राउ परेका तीनै जनालाई पीडित बालिका र आफन्तले पहिचान गरेका थिए भने फरार एक जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार