कैलाली- प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरूवा गरेको छ । नेपाल सरकार गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार एसएसपीको काज सरूवा गरिएको हो ।
प्रधान कार्यालयका अनुसार एसएसपी अरूण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानी पोखरीमा सरूवा गरिएको छ । यसअघि उनी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा कार्यरत थिए ।
यस्तै एसएसपी ईश्वर कार्कीलाई मधेश प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा जनकपुरमा सरूवा गरिएको छ ।
को कहाँ सरूवा भए र?
प्रतिक्रिया दिनुहोस्