‘पार्लर जान्छु’ भनेर हिँडेकी श्रीमती घर नआए पछि…

कैलाली- काठमाडौंको नारायणटार (जोरपाटी)बाट तीन महिने सुत्केरी बेपत्ता भएकी छिन् । अदिति गौतम मंगलबार साँझबाट हराएकी भन्दै उनका परिवारले खोजीको लागि महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएका छन् ।

मंगलबार दिउँसो घरायसी सामान किन्न भनेर निस्किएकी उनी नफर्केकी उनको परिवारले बताएको छ । ५ फिट अग्ली उनी टोपीसँगै हरियो ज्याकेट (तस्वीरमा देखाइएको) लगाएकी थिइन् ।

Dengue

उनको परिवारले भनेको छ, ‘‘सानो कामले साथिको पार्लर जान्छु भनेर हिँडेकी थिइन् । आइनन् । धेरै ठाउँमा खोजखबर गर्दा फेला परिनन् । खोजीको लागि प्रहरीमा निवेदन दिएका छौँ ।’’

अदितिले तीन महिनाअघि छोरी जन्माएकी थिइन् । उनी हराएको भन्दै खोजीको लागि उजुरी परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । देख्नुहुनेले नजिकको प्रहरी चौकीमा खबर गर्न अनुरोध गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार