टीकापुर नगर विकासको जग्गा घोटालाः २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १०७ जनाको जग्गा जफत गर्न माग

कैलाली – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरमा सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै २४९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रपसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध विशेष अदालतमा बिहीवार मुद्दा दायर गरेको हो ।

नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाइ समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा समितिमा कम रकम बुझाइ हक हस्तान्तरण गरेको पाइएको हो ।

dashain shuvakamana
Discovery School

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ–संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था उल्लंघन भएको ठहर छ । निर्देशिका बमोजिम उपलब्ध गराउनुपर्नेमा सो नगरी मिलेमतोमा जग्गा व्यक्तिको नाममा गरेको अभियोगपत्रमा उल्लेख छ ।

तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको पाइएको हो

अख्तियारले टीकापुर नगर विकास समितिको जग्गा व्यक्ति विशेषबाट खरिद गरी भोग गरिरहेका हालका १०७ जना जग्गाधनीको हकमा जफत प्रयोजनको लागि मागदाबी गरेको विज्ञप्तिमा जनाएको छ ।

‘उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कुनै कसूर गरेको नदेखिएतापनि नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक प्रकृतिको जग्गा निज व्यक्तिहरूको नाउँमा कायम रहेको देखिएको र उक्त जग्गाको हकमा नगर विकास समितिका नाउँमा छाड्न तयार नभएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गरी साबिकको टीकापुर विकास समिति हालको टीकापुर नगर विकास समितिको नाउँमा कायम गरी पाउन मागदाबी लिइएको छ,’ अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशीविरुद्ध २ करोड १२ लाख ४० हजार ९४४, ललित ताम्राकारविरुद्ध ५९ लाख लाख ३ सय ८० रुपैयाँ, धीजराज रेग्मीविरुद्ध ६६ लाख ९८ हजार ८९२ रुपैयाँ बिगो माग गरिएको छ ।

यस्तै नेत्रप्रसाद जोशीविरुद्ध १ करोड ६५ लाख ६८ हजार १४९ रुपैयाँ बिगो कायम गरिएको छ ।

तत्कालीन बोर्ड सदस्य गणेशसिंह रावलको संयोजकत्वमा खडकबहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर, नवराज पौडेल र पदमराज न्यौपानेसमेतको ७ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरी उक्त गठित उपसमिति मध्येका नवराज पौडेल बाहेकका ६ जना सदस्यविरुद्ध पनि १ करोड ६५ लाख ६८ हजार १४९ रुपैयाँ बिगो कायम गरिएको छ ।

उपसमिति संयोजक प्रेमसिंह बिक, सदस्यहरू श्याम खत्री, भरत स्वाँर, बेदराज ढुङ्गाना, दयाराम सञ्ज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्यालविरुद्ध ५९ लाख ३८० रुपैयाँ बिगो कायम गरिएको छ ।

टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बलबहादुर कडायतविरुद्ध २ करोड ११ लाख ५७ हजार १७८ रुपैयाँ, तत्कालीन योजना प्रमुख झप्पर सिंह विश्वकर्माविरुद्ध १४ लाख १९ हजार ६२७ रुपैयाँ, टीकापुर नगर विकास समितिका तत्कालीन सदस्य सचिव अम्वादत्त जोशीविरुद्ध २ करोड ३० लाख ६१ हजार ८१६ रुपैयाँ विगो कायम गरिएको छ ।

यसैगरी नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृत मानबहादुर चन्द विरुद्ध १ करोड ९० लाख ३२ हजार १३६ रुपैयाँ, तत्कालीन नापी अधिकृत गणेशबहादुर बमविरुद्ध ४२ लाख ३४ हजार ९०५ रुपैयाँ, तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट विरुद्ध १ करोड ६८ लाख ४५ हजार ५८८ रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यसैगरी टीकापुर नगर विकास समितिका खरिदार धनीराम भण्डारीविरुद्ध १ करोड ८६ लाख ५४ हजार ४५३ रुपैयाँ, सब–ओभरसियर नेत्रबहादुर रावलविरुद्ध १ करोड ७९ लाख १२ हजार ४८१ रुपैयाँ बिगो कायम गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार