बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो !

कैलाली –बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढेको छ । मालपोत कार्यालय डिल्लीबजारले चाँदबाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) को नाममा २१ दिनमा उपस्थित हुन पत्र काटेको छ ।

अन्यथा कानुन बमोजिम नेपाल सरकारको नाममा श्रेस्ता अद्यावधिक पत्रमा उल्लेख छ ।मालपोतले टोखा नगरपालिका–६ का वडाध्यक्षको रोहबरमा सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई आज पत्र बुझाएको हो ।

Seti Hospital

च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौं नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० ब.मी. जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अद्यावधिक गरी ल्याउन २०८०/१०/२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुनु होला, पत्रमा भनिएको छ ।

जग्गा हिनामिना गरेको आरोपमा माघ १८ गते पक्राउ परेका चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा हाजिर जमानीमा रिहा भइसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार