लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी केही क्षेत्रमा आंशिक बदली : अरु ठाउँको मौसम सफा

कैलाली-लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी केही ठाउँको मौसम आंशिक बदली रहेको छ । अरु बाँकी क्षेत्रको मौसम आज सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकामा हिजोभन्दा चिसोे छ । आज बिहान पाैने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको अनुमान छ ।

Dengue

यस्तै, आज पनि तराईका केही ठाउँमा बिहान पातलो हुस्सु र कुहिरो लागेकाे छ । तर घाम लागेपछि बिस्तारै हट्ने महाशाखाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार