सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश घोषणा

धनगढी –सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो नगद लाभांश करसहितको हो । कुल ३० करोड ८७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण तथा लाभांश प्रस्ताव बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाउने निर्णय बैठकले गरेको छ ।

Dengue

साबिकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्ज भइ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार