ह्याक भएको त्रिविको वेबसाइट भोलिदेखि चल्ने

काठमाडौं – मंगलबार ह्याक भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले ह्याकपछि वेबसाइट मर्मतको काम चलिरहेको र शुक्रबार बिहानबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

अहिले वेबसाइट मेन्टेनेन्सको काम भइरहेको छ, जोशीले भने, बेलुकी (बिहीवार) सबै काम सकिन्छ । भोलि सार्वजनिक सूचनाबाटै वेबसाइट पुनः सञ्चालनमा आएको व्यहोरा सूचित गरिनेछ ।

Dengue

परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि विभिन्न प्रमाणपत्रको फारम अनलाइनबाट भर्न मिल्ने सुविधा ल्याएको थियो । यसअन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने गरी सर्टिफिकेट एप्लिकेसन पोर्टल सार्वजनिक गरिएको थियो । तर, अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याकरको नियन्त्रणमा पुग्यो ।

वेबसाइटको सुरक्षामा कमजोरी देखिएको स्वीकार गर्दै परीक्षा नियन्त्रक जोशीले अब व्यवस्थित रूपमा अनलाइन प्रणाली सञ्चालन हुने दाबी गरे । वेबसाइटका लागि शेयरिङ सर्भर थियो । वैशाखदेखि छुट्टै सर्भर बनाउने योजनामा थियौं । अहिले नै बनाउनु पर्ने भयो, उनले भने ।

यो घटनाबाट आफूहरू धेरै सावधान भएको समेत उनले सुनाएका छन् । वेबसाइटको नियमित सुरक्षा अडिट भएको थिएन । अब त्यसतर्फ पनि काम गर्नेछौं, उनले भने ।

साथै उनले वेबसाइट ह्याकिङ घटनामा संलग्नमाथि त्रिवि र साइबर ब्यूरोले आवश्यक छानबिन गरिरहेको पनि बताए ।

मंगलबार बेलुकी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट हयाक गरी ह्याकरले उक्त वेबसाइट आफ्नो फेसबुक अकाउन्टमा रिडाइरेक्ट गराएको पाइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार