पहिलो-पटक कलेजो प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टोली

काठमाडौं – नेपालमा पहिलोपटक नेपाली चिकित्सकको टोली मात्रै रहेर सफल कलेजो प्रत्यारोपण गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल टिचिङका कलेजो प्रत्यारोपण सर्जन डा।रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले सफल प्रत्यारोपण गरेको हो ।

Dengue

डा.भण्डारीका अनुसार गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको थियो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य अवस्था राम्रो रहेको र आज डिस्चार्ज हुने डा। भण्डारीले जानकारी दिए ।

दाता श्रीमतीको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ । यसअघि विदेशबाट आएका चिकित्सकहरूको सहयोगमा मात्रै कलेजो प्रत्यारोपण हुँदै आएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार