त्रिभुवन विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरी, नेपाल वायुसेवा निगमका लोडर पक्राउ

धनगढी – नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक प्रस्थान गर्न लागेका यात्रुको झोलाबाट पैसा चोरी गरेको आरोपमा नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् । याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौँ काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार बुधबार दिउँसो पक्राउ परेका हुन् ।

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभी समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीको भनाई छ । साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक प्रस्थान गर्न लागेका यात्रुको झोलाबाट पैसा चोरी गरेको आरोपमा नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् । याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा दैलेख महावु गाउँपालिका(३ घर भई काठमाडौँ काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार बुधबार दिउँसो पक्राउ परेका हुन् ।

Seti Hospital

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभी समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीको भनाई छ । साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार