प्रहरी-कर्मचारी कुटपिट प्रकरण : अध्यागमन अधिकृतलाई विमानस्थलबाट हटाउन र असईलाई निलम्बन गर्न सिफारिस

धनगढी – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले प्रतिवेदन बुझाएको छ।

यही माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा एकजना असईलाई निलम्बन गर्न सिफारिस गरेको एक सदस्यले नेपालखबरलाई बताए।

Dengue

समितिले उक्त कुटपिट प्रकरणमा मुछिएका असईलाई निलम्बन गर्न सिफारिस गर्दा अन्य दुईजनालाई विभागीय कारबाही गर्नुपर्ने जनाएको छ।उक्त चेकजाँच गर्ने ठाउँमा खटिएका ती असई सञ्जय तामाङले राम्ररी कमान्ड गर्न नसक्दा कुटपिटसम्मको घटना भएको निष्कर्ष समितिले निकालेको छ।

प्रहरीले चेकजाँच गर्दा कुटपिटमा उत्रिएका अध्यागन विभागका अधिकृत छायाँलाल मोक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ।

समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए।घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर आन्दोलित थिए।उता उक्त घटनामा संलग्न प्रहरीहरूलाई अध्यागमनको उक्त चेकजाँच प्वाइन्टबाट पहिले नै अन्यत्र सारिएको छ।

यही आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारीसँगको झडपमा देखिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको बताएका थिए।आइतबार विभिन्न दलनिकट पाँच कर्मचारी संगठनका नेताहरू प्रहरीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई दबाब दिन पुगेका थिए।

तर गृहमन्त्री श्रेष्ठले छानबिन समितिको प्रतिवेदन आएपछि आवश्यक कारबाही अघि बढाउने तर अहिले नै निलम्बन गर्न नसकिने जवाफ दिएका थिए।गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले चेकजाँच गर्दा कुटाकुट भएको थियो।

त्यसक्रममा मोक्तानले प्रहरीलाई लात्ती हानेका थिए। मोक्तानले लात्ती हानेपछि त्यहाँ तैनाथ प्रहरीहरू मोक्तानमाथि खनिएका थिए।यता प्रहरीले भने ड्युटीमा खटिएका जवान रवि रञ्जन गुप्तालाई मोक्तानले आक्रमण गरेपछि अवस्था बिग्रिएको बताइरहेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार