३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान

काठमाडौँ -सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले ३३ किलो सुन प्रकरणमा थुनामा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएका छन् । गोरे हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन् । उनलाई कारागारबाट झिकाएर बयान लिईएको हो ।

गोरेसँग लिएको बयानको विस्तृत विवरण भने आयोगले खुलाएको छैन।

Seti Hospital

त्यस्तै गत साउन २ गते त्रिभुवन् अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएको ६१ किलो सुन बरामद प्रकणमा छानबिन गर्न गठित समितिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की प्रमुख एआइजी किरण बज्रचार्यसँग बयान लिएको छ ।

लामो अनुसन्धान गरेका सीआईबीका अधिकारीसँग सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोगका लागि सोधपुछ गरिएको आयोगले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा तस्करीको सुन भित्रिएकोबारे छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार