पूर्व सचिव भिम उपाध्यायले यसो भने धनगढीका स्वतन्त्र मेयर हमाललाई

धनगढी –जनताको मन मुटुमा बसेर सर्वत्र चर्चा कमाई रहेका धनगढी उप-महानगरपालिकाका स्वतन्त्र मेयर गोपाल हमालको पूर्व सचिव ई. भिम उपाध्यायले पनी आफ्नो समाजिक संञ्जाल बाट चर्चा गरेका छन् । काम गर्नु मात्र ठूलो कुरा होइन गरेको कामलाई सहज तरिकाले जनता समक्ष पुगाउनु नै असल नेतामा हुनु पर्ने गुण हो भन्ने भाष्य लाई जोड दिदैं उपाध्यायले समाजिक संञ्जालमा पोष्ट गरेका छन् ।


भिम उपाध्यायले लेखेका छन् : काम पनि गर्ने र गरेको कामको राम्रोसंग प्रचारप्रसार पनि गरेर जनतालाई चित्त बुझाउन सक्ने र सम्झाउन सक्ने नेताहरूमध्ये धनगढी मेयर गोपी हमालबाट म प्रभावित छु।
काम गरेर मात्र हुदैन गरेको काम सही शालिन तरिकाले, विनम्र भएर, सबैको सहयोग पाउन सक्ने वातावरण बनाउदै क्षमता प्रदर्शन गरेर, सहकार्य गरेर, सहयोगीहरुलाई क्रेडिट दिएर, सक्दो सबैको सम्मान जित्नसक्ने सहयोग परिचालन गर्न सक्ने, सहयोग गरिदिउँ गरिदिउँ जस्तो भावना जनतामा जगाउने गुणहरू नेतामा हुनुपर्छ। एक्काईसौँ शताब्दीको आधुनिक जमानाको नेता मोटिभेशनल स्पिकर, कोअर्डिनेटर, डाईरेक्टर, एक्टर, मेन्टर, कर्मयोगी, ईन्टिग्रेटर, टिम बिल्डर जस्ता रोलहरू गर्न सक्षम हुनुपर्छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार