प्रहरी अधिकारीले सार्वजनिक कार्यक्रममा बोल्नुअघि अनुमति लिन पर्ने 

धनगढी – प्रहरी अधिकारीले कुनै पनि सार्वजनिक कार्यक्रममा गएर बोल्नुअघि प्रहरी महानिरीक्षकको कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ ।

विभिन्न सार्वजनिक कार्यक्रममा गएर संगठनको धारणा विपरीत बोल्दा समस्या बढ्न थालेपछि प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई परिपत्र गरेर अनुमति विना कार्यक्रममा गएर नबोल्न निर्देशन दिएको छ।
प्रहरीको निर्देशनमा भनिएको छ, ‘निमन्त्रणा भएका सम्बन्धित प्रहरी अधिकृतहरूले कार्यक्रमको विषयवस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा राय सुझाव के–कस्ता हुन सक्छन् भन्ने नजरअन्दाज गरी प्रहरी महानिरीक्षकको सचिवालयमा कुनै जानकारी नदिई आफूखुशी सहभागी हुने र अभिव्यक्ति पनि दिएको देखिएकाले यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

Dengue

प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकता, अनुशासन, कर्तव्य एवं जिम्मेवारीबोध गरी उदाहरणीय बनी नेतृत्व गर्नुपर्ने हुँदा अब उप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई आउने निमन्त्रणाबारे प्रहरी प्रधान कार्यालयका विभागहरू, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाण्डौं उपत्यका प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयहरूले यस सचिवालयमा जानकारी दिई अनुमति लिनुहुन निर्देशन गरीएको छ। काठमाण्डौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयहरूले काठमाण्डौं उपत्यका प्रहरी कार्यालयबाट र प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयहरूले प्रदेश प्रहरी कार्यालयलाई जानकारी दिई त्यसबारे प्रहरी महानिरीक्षकको सचिवालयमा विवरण दिने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार