लुम्बिनी विकास बैङ्कको १६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – लुम्बिनी विकास बैङ्क लिमिटेडले बिहीबार १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पारित गरी २०८०-८१को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू संगै शेयरधनी महानुभावहरूलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयरसहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैङ्कका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा आ.ब. २०७९-८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयर धनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

Dengue

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैङ्क लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा(एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैङ्क लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैङ्कले मुद्दती निक्षेप खातामा “मासिक” रूपमा ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार