यातायात व्यवस्था विभागमा अख्तियारको छापा

धनगढी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी लाइसेन्स छानबिनका लागि यातायात व्यवस्था विभागमा छापा हानेको छ ।

अख्तियारको टोलीले बुधबार अपरान्ह मीनभवनस्थित विभागको कार्यालयमा छापा हानेको हो ।झण्डै २ घण्टा लगाएर कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोत जानकारी दियो ।

Dengue

यातायात व्यवस्था विभागबाट ३० हजार लाइसेन्स वितरण गरिएको सम्बन्धमा विभिन्न मिडियामा समाचार प्रशारण भएको थियो ।अख्तियारको टोली आएको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि स्वीकारे ।

उहाँहरू (अख्तियारको टोली) आउनुभएको हो । उहाँहरूले छानबिन गरिरहनुभएको छ । हामीले पनि सघाउने नै हो,रिजालले भने । विभागकै अर्का एक कर्मचारीले अख्तियारको टोली आएर सम्बन्धित कागजात लैजानुका साथै सिस्टम हेरेर गएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार